बिरगंज ४ साउन ।
बिरगंज महानगरपालिकाले आर्थिक बर्ष ०८१-०८२ का लागि दिएको कबाडी करको ठेक्कामा ठेकेदारले नियम बिपरित भारतीय मालवाहक सवारी साधनबाट गैरकानुनी रकम असुली गरिरहेको पाइएको छ।

ठेकेदारले काट्ने करको रसिदमा उदेश्य “बिरगंज महानगरपालिका क्षेत्र भित्र उत्पत्ति संकलन तथा व्यावसायिक उपयोग कारोबार हुने जडिबुटी कबाडी तथा जिवजन्तु कर” लेखेपनि बिरगंज महानगरपालिकाको जगरनाथपुर चौकमा रहेको ढाटमा भारतीय मालवाहक सवारी साधनबाट जबर्जस्ति रकम असुली गरिरहेको भिडियो यस अनलाइनले क्यामरामा कैद गरेको छ ।

स्थानीय प्रहरी प्रशासनको लापरबाही र गैरजिम्मेवार रवैयाको कारण दिनहुँ सयौंभन्दा बढी भारतीय मालवाहक सवारी साधन यस ढाटको सिकार भइरहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको समेत मिलोमतो रहेको स्थानीयवासिहरुले आरोप लगाएका छन्।

यस गैरकानुनी कार्यले दुई देशको व्यापारमा समेत असर परिरहेको छ। सम्बन्धित निकायले यथा सिघ्र अनुगमन निरीक्षण गरेर आवश्यक कार्यवाही गर्न जरुरी देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय