काठमाडौ ७ श्रावण । भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर र मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्यबीच भाषा आयोग, काठमाडौंमा एक महत्वपूर्ण समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको छ।

यस समझदारी पत्रको मुख्य उद्देश्य मातृभाषा र विशेष गरी लोप हुन लागेको भाषाहरूको विकास र संरक्षणका लागि सहकार्य गर्नु हो। यस अन्तर्गत भाषाविज्ञान, भाषा नीति, र संस्कृतिसम्बन्धी अनुसन्धान कार्यहरूमा नीति निर्माण र परिवर्तनका प्रयासहरू गरिनेछ।

समझदारी पत्रमा उल्लेखित प्रमुख बुँदाहरूमा एक अर्काबीच सीप, ज्ञान तथा प्राज्ञिक र व्यावसायिक अनुभवहरू साझेदारी गरेर क्षमता अभिवृदि र व्यावसायिक विकासका लागि सहजीकरण गर्ने योजना रहेको छ। यस सम्झौताले भाषाहरूको संरक्षण र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय