बिरगंज १० साउन ।
पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाको भवन बनेको जग्गा गाउँपालिकाले आफ्नो नाममा नामसारी नगराउँदा विभिन्न सन्का उपसन्का उब्जिएको स्थानीयले गुनासो गरेका छन्। जगरनाथपुर गाउँपालिकाका पूर्व गापा प्रमुख जालिम मियाले जगरनाथपुर गाउपालिका परिसरमा पत्रकार समक्ष गाउँपालिकालाई दिएको जग्गा अहिलेका गापा प्रमुख श्रीकान्त यादवले पालिकाको नाममा नामसारी गर्न आनकानी गरिरहेको आरोप लगाएका छन्।

हाल जगरनाथपुर गाउँपालिकाको भवन रहेको किता नं. १७६ को ८ कठा जग्गा सोही गाउँका पाँच जना मन्सी मिया मन्सुरी, रहमत मिया, दशरथ राउत, रमतुलाह मिया, र अब्दुल गफुर मियाको नाममा रहेको छ । र मेरो नाममा रहेको १० कठा ८ धुर जग्गा गाउँपालिकालाई दिने घोषणा गरी प्रधानमन्त्री केपी ओलीलाई बोलाएर गापाको कामकाजको लागि दिएपनि, पटक-पटक गाउँपालिका प्रमुखलाई जग्गा गाउँपालिकाको नाममा नामसारी गरिहाल्नुस भनेपनि अहिलेका गापा प्रमुख श्रीकान्त यादवले कुनै चासो नदेखाएको जालिम मियाले आरोप लगाए।

हाल जगरनाथपुर वडा नं. ४ मा रहेको जगरनाथपुर गाउँपालिकाको भवन भोलिको दिनमा यसै वडाको मसिहानीमा सार्ने कुरा सुनिरहेको हुनाले गाउँपालिकालाई दिएको जग्गा गाउँपालिकाले आफ्नो नाममा ल्याउन नचाहेको उनले बताए। हाल रहेको गापा भवन गाउँको सेन्टरमा रहेको र सबैलाई सहज हुने स्थानमा रहेको मियाले बताए।

“१८ कठा जग्गा गाउँपालिकालाई निशुल्क दिदापनि, गाउँपालिकाले किन नामसारी गराउन आलटाल गरिरहेको छ, हामीले बुझ्न सकिरहेका छैनौं। गाउँपालिकाले यो जग्गा आफ्नो नाममा नामसारी गराओस् भने हाम्रो भनाइ रहेको छ,” मियाले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय