बिरगंज १० साउन ।
वीरगञ्ज महानगरपालिका वडा नं. १२ को मुर्ली पोखरीमा ४२औं बीपी स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि देवनाथ उपाध्यायको प्रतिनिधित्वमा तथा वडा अध्यक्ष प्रत्यासी जवाहर गुप्ताको संयोजकत्वमा आयोजित यस कार्यक्रममा नेपाली कांग्रेसका बूथ सभापति शंकर क्षेत्रीको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति अरविन्द गुप्ता प्रमुख अतिथिको रुपमा रहेका थिए भने नेपाली कांग्रेसका युवा नेता दिलिप राज कार्की, निर्वाचित वडा सदस्य अनिता क्षेत्री, नेता बिकाश मण्डल लगायतका नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थितिमा ११० प्रकारका बिरुवा जस्तै आँप, अनार, अशोक, निम, र गुलमोहरको वृक्षारोपण गरिएको छ।
यस कार्यक्रमले बीपी कोइरालाको स्मृतिलाई जिवित राख्न र हरियाली वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।