बिरगंज, २२ साउन । पर्सा जिल्लाको बिरगंज महानगरपालिकाको छपकैया नाकाबाट रातीको समयमा कपडाको तस्करी व्यापक रुपमा भइरहेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ता मातहत रहेको प्रहरी चौकी छपकैयाका इन्चार्ज सइ ज्योती प्रकाश कार्कीको मिलोमतोमा छपकैया नाका बाट तस्करी मौलाएको हो ।

छपकैया छोटी भन्सार नाकामा खटेका सशस्त्र प्रहरी र नेपाल प्रहरीको सेटिङमा कपडाको तस्करीमा जितु भन्ने व्यापारीको एकलौटी नियन्त्रण छ। स्थानीयहरूको अनुसार, जितु नामक कपडाको व्यापारीले सिमावर्ती सहर रक्सौलबाट भन्सार छल्दै कपडाको तस्करी गरिरहेको छ। छपकैयाको लचका घाटबाट राती ५० देखि ६० पोका कपडा तस्करी भई बिरगंज बजारमा रहेको ट्रान्सपोर्टसम्म पुर्‍याइन्छ। जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र सीमा सुरक्षा बल १३ न गणका एसपीले यस विषयमा ध्यान दिन जरुरी देखिएको छ।

 

सिमानाकाबाट हुने तस्करी र चोरी निकासी नियन्त्रण गर्ने जिम्मेवारी पाएका निकायका केही अधिकारीहरू लोभमा परेर प्रहरी मर्यादा विपरीत कार्य गरिरहेका छन्। स्थानीयहरुले यो स्थिति अन्त्य गर्न उच्च तहका अधिकारीहरूलाई तत्काल कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय