बिरगंज २२ साउन ।
कालिकामाई गाउँपालिकामा पुराना कर्मचारीहरूलाई हटाएर सोही ठाउँमा नयाँ भर्ना गर्ने खडयंत्र बिरूद्ध आन्दोलन सुरू भएको छ । पालिका अन्तर्गतको स्वास्थ्य चौकीहरूमा कार्यरत कर्मचारीहरू पालिकाको मुख्य गेटमा शान्तिपूर्ण धर्ना दिईरहेका छन ।
धर्ना बसेका कर्मचारीहरू बिगत ९ वर्षदेखि पालिका अन्तर्गत स्वास्थ चौकीको कार्यालय सहयोगीमा कार्यरत रहेका छन । अहिले सो ठाउँमा पालिका अध्यक्षले आफनो नजिकका व्यक्तिहरूलाई बहाल गर्ने नियतले पुराना कर्मचारीहरूको म्याद नथपेकोले बाध्य भई आन्दोलनमा उत्रिएको कर्मचारीहरूले बताएका छन । तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालय बाट करिब ९ वर्ष अगाडि स्वास्थ्य चौकीको कार्यालय सहयोगीमा न्युक्ती लिएर काम गर्दै आएका कर्मचारीहरूलाई पालिका स्थापना भएपछि निरंतरता दिईएको थियो । आयोगबाट दरबन्दी कायम भएर नआए सम्म उनिहरूलाई निरंतरता दिने पालिकाको तत्कालीन बाेर्ड निर्णय गरि उनिहरूले निरंतरता पाए । तर अहिले कर्मचारी भर्ना गरि रकम उगाही गर्ने आफनो कार्यकर्ता भर्ना गर्ने उदेश्यले पालिका अध्यक्ष बशिष्ठ कलवारले पुराना कर्मचारी हटाउन सडयंत्रमा जुटेका छन ।
कर्मचारी हटाउने र राख्ने खेलमा अध्यक्ष कलवारले गलत नियत राखेको कारण पालिकाको परिषद समेत हुन सकेको छैन । १० जना पुरानो कर्मचारीको म्याद नथप्ने अध्यक्षको आडान र थपनु पर्ने बहुमत सदस्यको आडान कै कारण पालिकाको परिषद हाल सम्म हुन नसकेको वडा नम्बर २ का अध्यक्ष सोनालाल चौरसियाले बताउनु भयो ।
पुरानो कर्मचारी हटाएर नयाँ किन राख्नु पर्यो ? यस्तो सोचले समस्या मात्र निम्त्याएको चौरसियाले बताए । हटाउन खोजिएको कारणपनि छैन, म्याद थप नभएका कर्मचारीहरू कार्य सम्पादन मुल्यांकनमा बढि नम्बर पाएका छन, तरपनि म्याद नथपेर पालिका अध्यक्ष र प्रशासकिय अधिकृत अमित गरीले पालिकालाई अनिर्णयको बन्दी बनाएको कर्मचारीहरूको आरोप छ । यस सन्दर्भमा प्रशासकिय अधिकृत गिरीले केही बोल्न चाहेनन् ।