बिरगंज, २३ साउन। बिरगंज महानगरपालिका वडा नं. १६ मा रहेको वैस्णो देवी मन्दिर स्थायी प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक अजय यादवले एकजना महिलालाई कुटपिट गरी घाइते बनाएका छन्। बिरगंज महानगरपालिकाको बोखार चौक नजिक रक्सौल-बिरगंज चल्ने अटोमा बसेकी रन्जु देवीलाई तस्करीको सामान बोकेको आशंकामा यादवले बीच सडकमा लछारपछार गरेर कुटपिट गरेको पीडित महिलाले बताइन्।

बिरगंज महानगरपालिका वडा न १६ बस्ने पीडित रन्जु देवीका अनुसार, सिभिल ड्रेसमा रहेका प्रहरी सहायक निरीक्षक यादवले पहिला उनले चढेको अटो रिक्सा चेकजाँच गरे। केही नभेटेपछि तस्करीको सामान कहाँ छ भनेर सडकमै कुटपिट गर्न थाले। यादवको कुटपिटबाट घाइते भएकी रन्जु देवीलाई उपचारको लागि नारायणी अस्पतालमा लगिएको प्रत्यक्षदर्शीले जानकारी दिए।

सार्वजनिक स्थानमा आम नागरिकको सुरक्षाको लागि खटिएका प्रहरीले बीच सडकमा महिलामाथि दुव्र्यवहार गर्नु कानुन अनुसार अपराध हो। यस घटनाले स्थानीय नागरिकमा आक्रोश उत्पन्न भएको छ। नागरिकहरूले दोषी प्रहरीमाथि आवश्यक छानबिन गरी कडा भन्दा कडा कार्यवाही गर्नुपर्ने माग गरेका छन्।
यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी दिपक भारती सङ बुझ्दा घट्ना बारे जानकारी नरहेको भन्दै घटना बारे बुझेर आवश्यक छानबिन गर्ने प्रहरी दोसि देखिए कार्यवाही गर्ने बताउनु भयो ।
यस घटनाले प्रहरी प्रशासनको अनुशासन र आचरणप्रति गम्भीर प्रश्न उठाएको छ। प्रहरीको जिम्मेवारी आम नागरिकको सुरक्षा र कानूनी पालनामा हो। तर, यस्ता घटनाले प्रहरीप्रति जनविश्वास घट्ने सम्भावना बढेको छ। यस्ता घटनालाई गम्भीरतापूर्वक लिई दोषीमाथि कडा कार्यवाही गर्नु पर्नेछ, जसले पुन: यस्ता घटना दोहोरिन नदिन सकोस्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय