राम कुशवाहा
बिरगंज २८ साउन ।
जिल्ला प्रहरी कार्यालय पर्सामा रहेका विभिन्न मुद्दाका ५७ जना थुनुवाहरूको स्वास्थ्यमा देखा परेका समस्याहरूको निशुल्क जाँच तथा औषधी वितरण गरिएको छ। सुर्य अस्पताल वीरगञ्जका बिभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा ८ जना महिला र ४९ जना पुरुष थुनुवाहरूको स्वास्थ्य परीक्षण गरिएको हो।

पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी दिपक भारतीका अनुसार, यो कार्य थुनुवाहरूको स्वास्थ्य स्थितिमा सुधार ल्याउने उद्देश्यले गरिएको हो। प्रहरी हिरासतमा रहेका थुनुवाहरूको स्वास्थ्यमा देखिने समस्याहरूलाई समयमै पहिचान गरी उपचार गर्न सकियो भने गम्भीर स्वास्थ्य जोखिमहरूबाट बच्न सकिने प्रहरी प्रशासनले विश्वास लिएको छ।

प्रहरी प्रशासन र स्वास्थ्य संस्थाको यस सहकार्यले थुनुवाहरूको स्वास्थ्य अधिकारको संरक्षण गर्ने प्रयासलाई थप बलियो बनाएको छ। थुनुवाहरूको स्वास्थ्य अवस्था नियमित रूपमा जाँच गर्ने र आवश्यक औषधी वितरण गर्ने यस प्रकारका कार्यक्रमहरूले उनीहरूको मानवअधिकारको सम्मानमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

यो अभियानले प्रहरी प्रशासनको जिम्मेवारीलाई मात्र नभएर थुनुवाहरूको स्वास्थ्यप्रति समाजको सचेतनालाई पनि उजागर गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय