बीरगंज, ३१ साउन । बिरगंज महानगरपालिकाको वडा न १५ भिस्वा त्रिशूल चौक नजिक अफिस रहेको अभियान डिजिटल वर्ल्डले चिट्ठाको नाममा ठगी गर्ने अभियान फेरि एक पटक बीरगंजमा सक्रिय भएको छ। यो अभियानले अवैध रूपमा चिट्ठा खेलाएर करोडौं रुपैयाँ असुल गर्दै आएको छ, तर पर्सा प्रहरी प्रशासनले यसबारे बेखबर रहेको गम्भीर आरोप लागिरहेको छ।

चिट्ठाको नाममा रु २२५० किस्ताबन्दीमा ग्राहकहरूलाई आकर्षित गरेर लाखौं रुपैयाँ संकलन गर्ने तर बदलामा सस्तो लोकल सामान दिने कार्यले सर्वसाधारणलाई ठूलो आर्थिक नोक्सानी पुर्याइरहेको छ। यस्ता ठगी कार्यहरूमा अभियानसँगै अन्य व्यक्तिहरूको मिलेमतो रहेको आशंका गरिएको छ।

स्थानीयहरूले प्रहरी प्रशासनलाई यस विषयमा जानकारी गराएका भए पनि, हालसम्म कुनै ठोस कदम नचालिएको गुनासो उठिरहेको छ। यसैबीच, पीडितहरूलाई ठगी गर्ने यो अभियानको विरुद्ध कानुनी कारबाही गर्न र ठगिएका रकम फिर्ता गराउन माग उठिरहेको छ।

ठगीका यस्ता घटनाहरू दिन प्रतिदिन बढ्दै गइरहेकोले, सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरिएको छ। यस्ता अवैध चिट्ठा कार्यक्रमहरूको भित्रको वास्तविकता बुझ्न र ठगीको शिकार नहुनका लागि जनचेतना बढाउन आवश्यक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय