पर्सा, ३२ साउन – पर्सा जिल्लामा रहेको अभियान डिजिटल वर्ल्ड प्राइभेट लिमिटेड नामक कम्पनीले चिठ्ठा किस्ताबन्दीको नाउँमा सर्वसाधारण जनतालाई ठगी गर्दै करोडौं रुपैयाँ असुली गरेको खुलासा भएको छ। कम्पनीले ११७५ रुपैयाँको किस्ताबन्दी योजना अन्तर्गत जनताबाट ठूलो रकम उठाएको छ, जसको समय समाप्त भएको छ। तर, अहिले कम्पनीले नयाँ किस्ताबन्दी योजना सुरु गर्दै २२५० रुपैयाँको चिठ्ठा अभियानलाई निरन्तरता दिएको छ, जसले गर्दा ठगी कार्य झन् व्यापक हुँदै गएको छ।

यस चिठ्ठा अभियानले पर्सा जिल्लाका हजारौं सर्वसाधारणलाई ठग्ने कार्यलाई निरन्तरता दिएको देखिन्छ। यस्ता गैरकानूनी गतिविधिहरू खुलेआम सञ्चालन हुँदा पनि पर्सा प्रहरी प्रशासनले कुनै कडा कदम नचालेको भन्ने कुरा आम जनमानसमा प्रश्न उठिरहेको छ। प्रहरीले कानूनी प्रक्रिया अनुसार कारबाही नगर्दा, सर्वसाधारणको सम्पत्ति सुरक्षामा गम्भीर शंका उत्पन्न भएको छ।

यस घटनाप्रति प्रहरी प्रशासनको मौनता निकै शंकास्पद देखिन्छ। खुलमखुल्ला चिठ्ठा खेलाएर जनतालाई ठगी गर्दा पनि प्रहरी प्रशासनको यस्तो असंवेदनशीलता देखिनु गलत अभ्यासको संज्ञा दिइएको छ। के यो प्रहरी प्रशासन र कम्पनीको मिलोमतो हो त? कि प्रशासनले जनताको हकहितको सुरक्षामा चासो दिएको छैन?

सर्वसाधारणले प्रहरी प्रशासनसँग ठगीको विरोध गर्न, दोषीलाई कानूनी दायरामा ल्याउन, र ठगीविरुद्ध कठोर कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय