पर्सा, ३२ साउन । पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नं ४, अकवा गाउँको बासघारीमा ठूलो परिमाणमा लागू औषध लुकाइछिपाई राखिएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
प्रहरीले जिल्ला पर्सा, कालिकामाई गाउँपालिका वडा नं १, मुड्लि बस्ने ४० वर्षीय फुलसरिफ मियालाई संकास्पद अवस्थामा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिको साथबाट ३० केजी लागू औषध गाजा बरामद गरिएको छ।
प्रारम्भिक सोधपुछका क्रममा फुलसरिफ मियाले बासघारीको खाल्डोमा बोरा भित्र अन्य लागू औषध लुकाएर राखिएको खुलासा गरेका थिए। प्रहरी टोलीले उक्त स्थानबाट चरेश एक सय ९२ केजि र गाजाको धुलो (पोलाण्ड) दुई सय ६७ केजि सहित थप लागू औषध फेला पारेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता दिपक भारतीका अनुसार, फुलसरिफ मियालाई नियन्त्रणमा लिएर लागू औषध कसुरमा थप अनुसन्धान भइरहेको छ।
प्रहरीले लागू औषध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि गरिरहेको जानकारी दिएको छ।