वीरगन्ज ,७ भदौ ।
पर्साको कालिकामाई गाँउपालिका कार्यालयमा करारका कर्मचारीले लगाएको तालाबन्दी सहमति पछि आजबाट खोलिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा कर्मचारी र पालिकाका जनप्रतिनिधि बिच भएको आन्तरिक सहमति पछि तालाबन्दी खोलिएको हो । अगामी भदौ १९ गते हुने पालिकाको गाँउ सभाबाट निर्णय गरेर हटाईएका कर्मचारीहरुको म्याद थप्ने गर्ने निर्णय भएपछि तालाबन्दी खोलिएको उपाध्यक्ष राजमती बरैनीले जानकारी दिईन ।
पालिका अध्यक्षले मनोमानी तरिकाले केही कर्मचारी हटाएपछि आन्दोलन गरेर उनीहरुको गाँउ सभा म्याद थप्ने निर्णय भएको बताईन । बिगत १४ दिन देखि ९ जना स्वास्थ्य सेवाका कर्मचारीहरु गाँउपालिका कार्यालय अगाडी शान्तिपुर्ण धर्ना दिदै आएका थिए ।
धर्ना बसेका कर्मचारीहरू पालिका गठन हुनु भन्दा केही वर्ष पहिलेदेखि पालिका अन्तर्गत स्वास्थ चौकीको कार्यालयमा कार्यरत रहेका छन ।
तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालय बाट करिब ९ वर्ष अगाडि स्वास्थ्य चौकीको कार्यालयमा नियुक्त भएर काम गर्दै आएका कर्मचारीहरूलाई पालिका स्थापना भएपछि निरन्तरता दिईएको थियो ।
आयोगबाट दरबन्दी कायम भएर नआए सम्म उनिहरूलाई निरन्तरता दिने पालिकाको तत्कालीन बोर्ड निर्णय गरि उनिहरूले निरन्तरता पाएका थिए ।