पर्सा ७ भदौ । मिटरब्याजविरुद्ध किसान-मजदुर आन्दोलनले पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्रमा मिटरब्याजको मारमा परेका किसान-मजदुरहरूको समस्यालाई तत्काल समाधान गर्न माग गरिएको छ।

बिरगंजको घण्टाघर बाट निस्केको मिटर ब्याज पीडित किसान मजदुर आन्दोलनको रैलिले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगि ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्रमा उल्लेख गरिएको छ कि किसानहरूलाई मिटरब्याजको चर्को ब्याजले आर्थिक रुपमा थिचिरहेको र यसले गर्दा उनीहरूको जीवनस्तर झनझन कठिन बन्दै गएको छ। आन्दोलनले मिटरब्याजलाई निषेध गर्नका लागि ठोस कदम चाल्न र पीडित किसान-मजदुरहरूको ऋण माफी गर्न माग गरेको छ।

ज्ञापन पत्रमा मिटरब्याजबाट पीडितहरूको पक्षमा सरकारको तुरुन्त हस्तक्षेप आवश्यक भएको भन्दै, यो समस्यालाई गम्भीरतापूर्वक लिन आग्रह गरिएको छ। साथै, किसान-मजदुरहरूको सुरक्षाको प्रत्याभूति र न्यायिक प्रणालीमार्फत यस्ता आर्थिक शोषणको अन्त्य गर्नुपर्ने पनि जोड दिइएको छ।

जिल्ला अध्यक्ष कृष्ण राज ठाकुरको नेतृत्वमा गएको टोलिले ज्ञापन पत्र बुझाएको बिरगंज महानगर अध्यक्ष शम्भु यादवले जानकारी दिनुभयो । उनीहरूले सरकारलाई किसान-मजदुरहरूको हकहितको संरक्षणको लागि ठोस कदम चाल्न चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय