वीरगन्ज,१४ भदौ ।
स्वतन्त्र मानव अधिकार समाजले नियमित कार्यक्रमको रुपमा वीरगन्ज महानगरपालिका भित्रका सात वटा सामुदायिक विद्यालयको अनुगमन तथा निरिक्षण गरेको छ ।
समाजका सभापति कृष्णा कुमार खनालका अगुवाईमा गएको मानव अधिकारको टोलीले चार दिनमा वीरगन्जको सात वटा विद्यालय अनुगमन तथा निरिक्षण गरेको हो ।
सामुदायिक विद्यालयमा बाल बिकाश देखि कक्षा पाँच सम्मका विद्यार्थीहरुलाई दिने खाजाको अवस्थाको बारेमा गम्भीर भएको भन्दै विद्यालयको अनुगमन तथा निरिक्षण गरीएको स्वतन्त्र मानव अधिकार समाजका केन्दिय्र सदस्य बिक्की सिंहले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समयमा सामुदायिक विद्यालयमा केहि महिनादेखि पाँच सम्मका विद्यार्थीहरुले दैनिक रुपमा पाउँदै आएको खाजा नपाएको गुनासो उपर गम्भीर ध्यानाकर्षण भएपछि स्थलगत निरिक्षण गरीएको हो ।
समाजले अनुगमनको क्रममा रामचरण साह पानालाल माध्यमिक विद्यालय घडीअर्वा, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवाले गत साउन महिनादेखि विद्यार्थीहरुलाई खाजा नखुवाएको फेला परेको केन्द्रिय सदस्य सिंहले बताए ।
यस्तै नेपाल रेल्वे माविमा पनि भदौं ९ गतेदेखि नै दिवा खाजा वितरण कार्य बन्द रहेको तथा ताराचन्द किशनलाल आधारभूत विद्यालयमा भदौं १२ गतेपछि दिवा खाजामा विद्यार्थीलाई बिस्कुट वितरण भइरहेको पाइएको सिंहले बताए ।
अनुगमनका क्रममा त्रिभुवन हनुमान मावि , जित्रुद्ध महावीर प्रसाद रघुवीर राम मावि र जेपी चर्तुवेदी विद्यालयमा भने दिवा खाजा वितरण भइरहेको पाइएको बताए ।
ययसबारेमा वीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखामा ध्यानाकर्षण गगराइने भन्दै उनले आगामी दिनमा महानगरका अन्य सामुदायिक विद्यालयहरुमापनि दिवा खााजा कार्यक्रमका बारे अनुगमन गरिने बताए ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to The Madhesh Times