बिरगंज १५ असोज ।
वीरगन्ज महानगरपालिका १५ भिस्वाको त्रिशुल चोकमा रहेकोे अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेडले अवैध रूपमा चिठ्ठा खेलाएर सर्वसाधारणहरुबाट रकम असुल्दै आएको छ ।
विगत दुई बर्षदेखि अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेडले अवैध रूपमा चिठ्ठा खेलाएर ठगी धन्दा चलाउदै आएको हो ।
अभियानले डिजिटलले दुई बर्ष देखि गर्दै आएको अबैध चिठ्ठाको नामको ठगी धन्दा नरोकिएपछि स्थानीय प्रशासनको नै संरक्षण रहेको पुष्टि भएको छ ।
अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेड नामक व्यवसायिक फर्मले काठमाडौंमा ईलेक्ट्रोनिक सामानहरु एसेम्बलीङ गरी विक्री गर्ने अनुमति लिएको छ ।
तर त्यस विपरित महिनौ पिच्छे २२ सय ५० को दरले रकम जम्मा गरी युट्युब मार्फत चिठा खोल्दै करोडौं करोड ठगी गरिरहेको छ । यसअघि अभियानले एक हजार १ सय ७५ रुपैयाको दरले रकम उठाउँदै आएको थियो ।
सेवाग्राहीहरुका अनुसार जिल्लामा करिब ८ हजार सदस्य बनाएर अभियान डिजिटलले प्रत्येक महिनामा किस्ता खोल्ने र त्यस अगावै रकम संकलन गर्ने गरेको वीरगन्जका सेवाग्राही सागर यादवले जानकारी दिए ।
उनका अनुसार चिठ्ठाको नाममा सोझासाझा जनतालाई सदस्य बनाई चिठा खेलाउदै गरेका घडिअर्वा निवासी दिपेश वर्णवाल, रानीघाट निवासी सुशिल सर्राफ र नगवा निवासी ऋषिकान्त गुप्ताको संग्लता रहेको सेवाग्राहीहरुले बताएका छन ।
वीरगन्जका यादवले अभियान डिजिटल दोलखा निवासी विष्णु प्रसाद काफ्लेको नाममा दर्ता रहे पनि कमिशनवेसमा वीरगन्ज निवासी दिपेश, सुशिल र ऋषिकान्तले हजारौं सोझासाझा जनतालाई ललिपप देखाउदै चिठा खोल्दै ठग्ने गर्ने गरेको बताए ।
उनीहरु पर्सा, बारा र रौतहट जिल्ला लगायत मधेश प्रदेश भरी नै चालु किस्ताबन्दीको ८ हजार सदस्यहरु बनाउन सफल भएका छन ।
कम्पनीका मुख्य संचालक काफ्लेले उद्योग स्थापना गर्ने ठेगाना काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा देखाएर देशको दर्जनौ स्थान काठमाडौं, नारायणघाट, राजविराज, बुटवल, भैरहवा, वीरगन्ज लगायतका ठाँउहरुमा चिठ्ठा र किस्ताबन्दी खेलाउदै करोडौं करोड रकम ठगी गरिरहेको अर्को सेवाग्राही श्याम साहले बताए ।
वीरगन्जमा मात्र चिठ्ठा र किस्ताबन्दीको सदस्य बन्नेहरुले प्रवेश शुल्क रु ५० र मासिक शुल्क ११ सय ७५ रुपैया कम्पनीको प्रतिनिधि मार्फत जम्मा गर्ने गरेका छन् ।
किस्ताबन्दी खेल्ने सदस्यहरुलाई मात्र युटयुबमा जोडी मुख्य सञ्चालक विष्णु प्रसाद काफ्लले गोला प्रथा मार्फत गोप्य ठाउँमा चिठ्ठा खोल्ने गरेका छन् ।
महिनैपिच्छे चिठ्ठा किस्ताबन्दीको रुपमा कहिले स्कूटी, कहिले मोटरसाईकल, कहिले कुलर, कहिले फ्रिज, कहिले वासिङ्ग मेसिन, कहिले सिलाई मेसिन, कहिले मोबाईल, ल्यापटप र सुनका आकर्षक गरगहनाहरु देखाउदै सदस्यहरुलाई लोभ्याउदै आएका छन् ।
संचालक काफ्लेलाई केही हिस्सा दिई बाँकी रकमहरुमा तीनै जना सञ्चालकहरु बाडफाड गर्ने गरेको कार्यक्रममा सहभागीहरुले नै बताउछन् । यसबारेमा अभियानका संचालक काफ्ले संग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
चिट्ठा खोल्न बैध कि अवैध ?
चिट्ठा ऐन २०२५ को दफा २ मा चिट्ठा विक्रि वितरण गर्न र खोल्न नपाउने व्यवस्था रहेको छ । तर दफा ३ मा नेपाल सरकारको स्विकृति लिएर चिट्ठा खोल्न सकिने व्यवस्था पनि रहेको छ ।
३ को उपदफा (क) मा कुनै परोपकारी वा सार्वजनिक हित सम्बन्धि कार्यको सहायतार्थ चिट्ठा खोल्दा संस्थाले मात्र खोल्न पाउने छ र त्यसरी चिट्ठा खोल्दा चिट्ठा विक्रि भई प्राप्त भएको कुल रकम मध्येबाट ६० प्रतिशत पुरस्कार बाँडिने छ ।
त्यसपछि बाँकी हुन आएको रकमलाई सम्बन्धित संस्थाले परोपकारी सार्वजनिक हित सम्बन्धि र चिट्ठा सञ्चालन सम्बन्धि काममा लगाउन सक्ने व्यवस्था रहेको उल्लेख छ ।
तर गैरकानुनी रुपले चिट्ठा खेलाउनेलाई दफा ७ बमोजिम बिगो जफत गरी बिगो बमोजिम जरिवाना वा ६ महिना सम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था रहेको ऐनमा उल्लेख छ ।
३ मा नेपाल सरकारको स्विकृति लिएर चिट्ठा खोल्न सकिने व्यवस्था पनि रहेको छ । ३ को उपदफा (क) मा कुनै परोपकारी वा सार्वजनिक हित सम्बन्धि कार्यको सहायतार्थ चिट्ठा खोल्दा संस्थाले मात्र खोल्न पाउने छ र त्यसरी चिट्ठा खोल्दा चिट्ठा विक्रि भई प्राप्त भएको कुल रकम मध्येबाट ६० प्रतिशत पुरस्कार बाँडिने छ ।
त्यसपछि बाँकी हुन आएको रकमलाई सम्बन्धित संस्थाले परोपकारी सार्वजनिक हित सम्बन्धि र चिट्ठा सञ्चालन सम्बन्धि काममा लगाउन सक्ने व्यवस्था रहेको उल्लेख छ ।
तर गैरकानुनी रुपले चिट्ठा खेलाउनेलाई दफा ७ बमोजिम बिगो जफत गरी बिगो बमोजिम जरिवाना वा ६ महिना सम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था रहेको ऐनमा उल्लेख छ । तर यी सबै ऐनको वेवास्ता गर्दै अभियानले ठग्दै आएको सेवाग्राहीले बताएका छन ।
यसबारेमा बुझदै छौ
पर्साका प्रहरी प्रवक्ता सुबास भटट्ले अभियान डिजिटलले चिट्ठा खेलाउँदै आएको बिषयमा जानकारी नभएकाले बुझ्न थालेको बताए ।
उनले चिट्ठा खेलाउन नपाईने कानुनमा व्यवस्था रहेकाले यसको विपरीत गए कानुनी कारवाही हुने बताए ।
साथै प्रहरी नायब उपरिक्षक भटट्ले चिट्ठा ऐन २०२५ को दफा २ मा चिट्ठा विक्रि वितरण गर्न र खोल्न नपाउने व्यवस्था रहेको बताए ।
उनले दफा ३ मा नेपाल सरकारको स्विकृति लिएर चिट्ठा खोल्न सकिने व्यवस्था पनि रहेकाले सो अनुसार गए गर्न पाईने सुनाए ।