बिरगञ्ज २६ भदौ । नेपाल बीमा प्राधिकरणले बीमा साक्षरतामा वृद्धि गर्न पत्रकारहरूसँग सहकार्यको अपेक्षा गरेको छ। संघीय सरकारको आर्थिक वर्ष 2080/81 को बजेट बुँदा नं ४६६ मा दुर्गम तथा ग्रामीण क्षेत्रमा बीमा संरचनाको साक्षरता अभिवृद्धि गर्ने योजना अघि सारिएको छ। बीमा प्राधिकरणले स्थानीय तह, बीमा कम्पनी लगायतका सरोकारवालासँग सहकार्य गर्दै बीमा सेवा गाउँगाउँसम्म पुर्याउने र यसबारे जनचेतना फैलाउने योजना बनाएको छ।

कार्यक्रममा सम्पत्ति बीमा, घर बीमा, लघु बीमा, कृषि बीमा लगायतका सेवाहरूलाई ग्रामीण क्षेत्रमा विस्तार गर्दै बीमाको फाइदाबारे जनतालाई जागरूक बनाउने योजना रहेको जानकारी दिइयो।

बिरगञ्जको होटेल मकालुमा सम्पन्न पत्रकार सङ अन्तरक्रिया तथा छलफल कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले बीमाको प्रभाव र पत्रकारहरूको भूमिकामा प्रकाश पार्दै, बीमाको साक्षरता अभिवृद्धिमा पत्रकारहरूले महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने बताए। नेपाल बीमा बोर्डका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलापहरू रोक्न आवश्यक नीतिहरूको बारेमा चर्चा गरे।

प्राधिकरणले सञ्चारका माध्यमबाट बीमाको महत्वबारे प्रचार-प्रसार गर्दै आम नागरिकमा यसको फाइदा र आवश्यकता बुझाउन पत्रकारहरूबाट विशेष सहयोगको अपेक्षा गरेको छ।

कार्यक्रममा बीमा कम्पनीका प्रतिनिधिहरू, पत्रकारहरू लगायत सरोकारवालाहरूको उपस्थिति थियो। छलफलमा बीमा साक्षरताको आवश्यकता, यसको विस्तार र प्राधिकरणका आगामी योजनाहरूमा गहन विचारविमर्श गरियो।
नेपाल बीमा प्राधिकरणले बीमा साक्षरता अभिवृद्धिका लागि पत्रकारहरूसँग सहकार्य गरेर ग्रामीण क्षेत्रमा बीमा सेवा पुर्याउने योजनालाई तीव्रता दिएको छ। यसले बीमा सेवा सबै नागरिकसम्म पुर्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय