राम कुशवाहा
बिरगंज २८ भदौ ।
नेपालको मुख्य प्रवेशद्वार बिरगंज भन्सार हुँदै आउने भारतीय पर्यटकहरूलाई भन्सार प्रक्रियामा ठगिने क्रम बढ्दै गएको छ। भन्सार कार्यालयले तोकेको सवारी भन्सार शुल्कभन्दा कैयौं गुणा बढी रकम असुल्ने दलालहरूको चलखेलले भारतीय पर्यटकहरू मारमा परिरहेका छन्।
नेपाल प्रवेश गर्दा भारतीय सवारीसाधनहरूलाई प्रतिदिन ६ सय नेपाली रुपैयाँ भन्सार शुल्क लाग्ने गर्छ। उदाहरणका लागि, चार दिनको भन्सार शुल्क २४ सय नेपाली रुपैयाँ हुने हो, तर दलालहरूले पर्यटकहरूलाई झुक्याउँदै ८ हजार भारतीय रुपैयाँसम्म असुल गरिरहेको पाइन्छ। यस्ता घटनाहरू दिनप्रतिदिन बढ्दै गइरहेको र पर्यटकहरूलाई विभिन्न बहाना बनाएर ठग्ने प्रवृत्ति जारी रहेको छ।
एक जना भारतिय पर्यटकले आफु बिरगंज भन्सारमा दलालबाट ठगिएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । यो भिडियोले देशकै छविमा आच आउने जानकारहरुले दुखेसो पोखेका छ्न ।
सशस्त्र प्रहरी र भन्सार कार्यालयले यो विषयमा ध्यान नदिए, यसले भारतीय पर्यटकहरूको विश्वास गुमाउने र नेपाल-भारतबीचको पर्यटन सम्बन्धलाई गम्भीर नकारात्मक असर पुर्याउनेछ। यसकारण, सम्बन्धित निकायहरूले दलालहरूको यस्तो अनैतिक व्यवहार रोक्न तुरुन्तै प्रभावकारी कदम चाल्न आवश्यक छ।
दुवै देशबीचको पर्यटन प्रवर्द्धनलाई बलियो बनाउन र नेपाल भ्रमणको सकारात्मक छवि बनाउन ठगी रोक्न सक्नुपर्ने सबैभन्दा ठूलो चुनौती बनेको छ।