बिरगंज २८ भदौ ।
बिरगंज महानगरपालिका वडा न १२ मा रहेको ज्ञानोदय बाल स्केन्ड्री स्कुलले आज बाल दिवसको अवसरमा विद्यार्थीहरूलाई पुरस्कृत गर्दै विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा प्रमुख अतिथी राजेन्द्र प्रसाद साहले बालबालिकाको सर्वाङ्गीण विकासमा यस्ता कार्यक्रमहरूको महत्वबारे चर्चा गरे। स्कुलका प्रधानाध्यापक राजेश कुमार लिम्बूले शिक्षाको क्षेत्रमा बालबालिकालाई प्रोत्साहन गर्न हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताए।
विधार्थीहरूको क्षमता अभिवृद्धि गर्न र तिनको मनोबल उच्च बनाउन पुरस्कार वितरणको कार्यले महत्व राख्छ। विशिष्ट अतिथी उत्तम कुमार गुप्ताले बालबालिकालाई सिर्जनशील र जिम्मेवार नागरिक बनाउने लक्ष्य राखेर शिक्षा प्रदान गर्नुको आवश्यकता औंल्याए।
यस अवसरमा विभिन्न खेलकुद, नृत्य, गायन, र अन्य शैक्षिक क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास बढाउने मात्र होइन, उनीहरूको प्रतिभा पहिचान गर्न पनि सहयोग पुग्छ।
कार्यक्रममा उपस्थित विद्यार्थी, अभिभावक, र शिक्षकहरूले यस्तो सम्मान र प्रोत्साहनले बालबालिकाको भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्ने बताएका छन्।