बिरगंज १ असोज ।

पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं. १५ लक्ष्मणवामा बसोबास गर्ने २१ वर्षीय ओम कुमार पटेललाई असामाजिक क्रियाकलापको आरोपमा पर्सा प्रहरीले पक्राउ गरेको छ। ‘King of Parsa’ नामको सामाजिक सञ्जाल आईडी प्रयोग गरी हातहतियार प्रदर्शन, अपशब्द प्रयोग, गालीगलौज, र समाजमा डर त्रास फैलाउने जस्ता गतिविधिमा सलंग्न पटेललाई प्रतिमाचोक नजिकबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार, पटेलले फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटर, व्हाट्सएप र म्यासेन्जरजस्ता विभिन्न सामाजिक सञ्जालहरूमा ‘King of Parsa’ नामको आईडी प्रयोग गर्दै सार्वजनिक शान्ति भंग गर्ने र द्वन्द्व सृजना गर्ने किसिमका अराजक गतिविधिहरूमा संलग्न थिए। थप अनुसन्धानका क्रममा यस्ता गतिविधिमा संलग्न अन्य व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूको खोजतलास भइरहेको छ।

पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी दीपक भारतीले सर्वसाधारणलाई यस्ता क्रियाकलाप नगर्न आग्रह गर्दै कानुनी कारबाहीको चेतावनी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय