राम कुशवाहा
वीरगंज २३ असोज ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मातहत रहेको वीरगंज महानगरपालिको ड्राईपोर्ट चौकमा ट्राफिक पोस्टबाट अनाधिकृत रुपमा विभिन्न सवारी साधनहरु संग रकम असुली गरिरहेको गुनासो बढदै गएको छ ।
वीरगंजको मुख्य भन्सार आईसिपिबाट नेपाल भित्रिने भारतिय मालवाहक सवारीसाधनहरुबाट ड्राईपोर्ट चौकमा खटने ट्राफिक प्रहरीहरुले भारतीय रुपैया दुई सय चार सयका दरले प्रत्येक गाडीबाट रकम असुलने गरेको पाईएको छ । यसरी ट्राफिक प्रहरीहरुले एक दिनमा विभिन्न सवारी साधनबाट २० हजार देखि ३० हजार सम्म अवैध रुपले रकम उठाईरहेका छन । र यहाँ बाट उठेको रकम जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका एसपीको लागि समेत रकम जाने गरेको पाइएको छ ।
क्षमता भन्दा बढी भार बोकेको भारतीय मालवाहक सवारीसाधनहरुलाइ जरिवाना गर्नुको सट्टा सेटिङमा रकम असुलेर छाडने गरेको पाइएको छ ।
ट्राफिक प्रहरी सहायक निरिक्षक राम सहाय यादवले भारतिय मालवाहक गाडीहरु संग रकम उठाउन दलालहरुलाई प्रयोग गर्ने गरेको एक भारतिय ट्रक ड्राईभरले बताए । भारतको उत्तर प्रदेश जिल्ला प्रतापगढ घर बताउने ती भारतिय ट्रक ड्राईभरका अनुसार हामीहरुले प्रत्येक गाडी बाट १ हजारका दरले दलाललाई दिने गरेको बताए । र ती दलालले आईसीपी देखी गाडी पुग्ने गन्तव्य सम्मको ट्राफिक प्रहरीको लागी ठेका नै लिने गरेको ड्राईभरले बताए ।
आईसिपि भन्सारबाट दैनिक पा“च सय भन्दा बढि भारतिय मालवाहक गाडीहरु नेपाल भित्रिने गरेको र ड्राईपोर्ट हुदै पावरहाउस चौक भएर वीरगंज पथलैया औद्योगिक करिडोर हुदै नेपालको विभिन्न सहरहरुमा जाने गरेको छ ।
दिउसै ड्राईर्पोट चौकमा ट्राफिक प्रहरीले हाकाहाकी रकम असुल्ने गरेतापनि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र मधेश प्रदेश ट्राफिक प्रहरी कार्यांलय पथलैयाको ध्यान पुगेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय