बिरगंज १० कार्तिक ।

बिरगंज महानगरपालिका वडा नम्बर १२, मुर्लिमा खाना पकाउने क्रममा भएको सिलिन्डर बिस्फोटले लाखौंको क्षति भएको छ। स्थानीय शेख अकरमको घरमा आज दिउँसो अचानक सिलिन्डर बिस्फोट हुँदा घरका विभिन्न सामग्रीमा ठुलो नोक्सानी पुगेको छ। बिस्फोटका कारण घरको वाल, टिभी, सोफा लगायतका सामग्रीहरू पूर्ण रूपमा नष्ट भएका छन्।

सिलिन्डर बिस्फोटबाट भने मानवीय क्षति भने टराएको प्रहरीले जानकारी दिएको छ। वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम कुमार बस्नेतका अनुसार बिस्फोटले आसपासका क्षेत्रमा पनि ठूलो त्रास फैलाएको थियो।

हालसम्मको अनुसन्धानबाट खाना बनाउने सिलिन्डरको भल्भ लिक भएर बिस्फोट भएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरी निरीक्षक बस्नेतले दुर्घटनास्थलमा सुरक्षाका उपायहरु अपनाउन र यस किसिमका दुर्घटनाबाट बच्न सचेत रहन आग्रह गरेका छन्।

यो घटना सँगै सिलिन्डरको सुरक्षाका उपायहरूप्रति थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय