बिरगंज ०७ मंसिर ।
प्रहरीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. १६ को बाइपास सडकखण्डमा ८५ किलो गाँजासहित तीन जनालाइ पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतको संयुक्त प्रहरी टोलीले ना.४ ख ९२५८ नम्बरको मिनी कन्टेनर ट्रकबाट लागुऔषध गाँजा बरामद गरेको हो।
लागू औषध गाजा सहित पक्राउ पर्नेमा सिन्धुपाल्चोक, बलेफी गाउपालिका वडा नं. ६ बस्ने बर्ष ३६ को शान्त बहादुर तिमिल्सिना, मकवानपुर, भीमफेदी गाउपालिका वडा नं. ९ बस्ने बर्ष ४८ को प्रेम रुम्बा र मकवानपुर, कैलाश गाउपालिका वडा नं. १ बस्ने बर्ष ३८ को सुर्य बहादुर मोक्तान रहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
संयुक्त प्रहरी टोलीले खानतलासी गर्दा ४ वटा सेतो प्लास्टिकका बोराभित्र रातो प्लास्टिकले बेरिएको अवस्थामा लागुऔषध गाँजा फेला परेको थियो। पक्राउ परेकाहरू विरुद्ध लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी किशोर लम्सालले जानकारी दिनुभयो।