वीरगन्ज, पुस २८: जनमत पार्टीले पर्सा जिल्लामा लोककल्याणकारी अभियान अन्तर्गत निःशुल्क आँखा जाँच र शल्यक्रिया शिविरलाई निरन्तरता दिएको छ।
आइतबार वीरगन्ज महानगरपालिका वडा नम्बर ७, रामटोलमा जनमत पार्टी पर्साको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। उक्त शिविरमा २०० जनाको आँखा जाँच गरिएको थियो। जसमध्ये १६ जनामा मोतियाबिन्दुको समस्या पत्ता लागेको छ।
जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले ती १६ बिरामीको वीरगन्ज सामुदायिक आँखा केन्द्रमा निःशुल्क शल्यक्रिया गरिने जानकारी दिएका छन्। शिविरमा वीरगन्ज सामुदायिक आँखा केन्द्रका महेशसिंह धामी नेतृत्वको चिकित्सक टोलीले बिरामीहरूको जाँच गरेको थियो।
कार्यक्रममा जनमत पार्टीका नेताहरू बिध्यालाल प्रसाद, रम्भा मिश्र, ब्रीजकिसोर कलवार, पवन सर्राफ, नरेश अग्रवाल, र भोला अग्रवाललगायतको उपस्थिति रहेको थियो।
जनमत पार्टीले सामाजिक सेवामूलक अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।