वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा नयाँ शैक्षिक सत्रमा भर्ना भएका चिकित्सा शिक्षाका नयाँ विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कलेजमा एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएससी एमआईटी, बीएससी एमएलटी र बीएनएस अध्ययनका लागि भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूको स्वागत गरिनुका साथै कलेजको शैक्षिक वातावरणको अवस्थाबारे जानकारी गराउँदै विद्यार्थीहरूको पढाइ र लगनशीलता प्रतिको जिम्मेवारी बोध गराउनका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो।

मेडिकल कलेजका प्रिन्सिपल डा. के. ऐन. सिंहको अध्यक्षता तथा नेशनल मेडिकल कलेजका अध्यक्ष प्रो. डा. जेनुद्दिन अन्सारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले नेशनल मेडिकल कलेजले विद्यार्थीहरूको विशिष्ट क्षमताको पहिचान गरी त्यही अनुसार विद्यार्थीहरूको चौतर्फी विकासका लागि वातावरण बनाउँदै आएको बताए।

कार्यक्रममा मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी, एड्मिसन निर्देशक अबिद हुसेन अन्सारी, एकेडेमी डाइरेक्टर डा. नुसरत जहाँ अन्सारी, हस्पिटल डाइरेक्टर डा. इश्रत जहाँ, बोर्ड अफ डाइरेक्टर रुबी अस्मिन, भाइस प्रिन्सिपल डा. सरोज प्रसाद देव, डा. रविशंकर गुप्ता, नर्सिङ डाइरेक्टर गंगा गुरुङ, नयाँ विद्यार्थीसहित अभिभावक लगायतको सहभागिता रहेको थियो।

साथै विद्यार्थीहरूलाई स्वागत गर्दै कलेजको शैक्षिक, प्रशासनिक तथा विषयगत जानकारीहरू प्रदान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय