वीरगन्ज,२३ फागुन / शनिबार हुने दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा पुगेका दुबै टिमले उपाधी उचाल्ने दाबि गरेका छन । शुक्रबार खेल मैदानमा भएको पत्रकार सम्मेलनमा फाईनलमा पुगेका नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबले उपाधीका दाबेदार रहेकाले यसबर्षको उपाधी उचाल्ने दाबि गरेका हुन ।
मधेश प्रदेश कै ठुलो धनराशीको रुपमा रहेको वीरगन्ज गोल्डकपलाई उचाल्ने गरी आन्तरिक रुपमा तयारी भएको उनीहरुको दाबि छ । पत्रकार सम्मेलनमा नेपाल पुलिस क्लबका प्रशिक्षक चेतन घिमिरेले पहिलो वीरगन्ज गोल्डकपको उपाधी पुलिसले नै उचालेको स्मरण गर्दै यसबर्ष पनि उचाल्ने ठोकुवा गरे ।
उनले पुलिस क्लबको रणनितिक खेल भएका कारण विपक्षी टिम माथी पुलिसका खेलाडी सधै नै हाबि हुने जिकिर गरे । यस्तै नेपाल पुलिस क्लबका कप्तान रामचन्द्र वाजीले पनि पहिलो संस्करणको उपाधी उचालेकाले यसबर्ष पनि आफुहरुले नै उचाल्ने बताए ।
मच्छिन्द्र फुटबल क्लबका म्यानेजर सिरिस श्रेष्ठले पहिलो पटक वीरगन्ज गोल्डकपको फाईनलमा पुगेकाले यसबर्षको उपाधी आफुहरुले उचाल्ने दावि गरे ।
यसबर्ष मच्छिन्द्र फुटबल क्लबको उपाधी उचाल्ने बर्ष भएकाले यसबर्षको लगातार तेस्रो उपाधी उचाल्ने ठोकुवा गरे ।
मच्छिन्द्र फुटबल क्लबका कप्तान बिशाल श्रेष्ठले वीरगन्ज गोल्डकपको उपाधी मच्छिन्द्र फुटबल क्लबले जित्ने गरी तयारी गरीएको सुनाए । उनले मच्छिन्द्र फुटबल क्लबका खेलाडीहरु नियमित रुपमा अभ्यासरत भएका कारण वीरगन्जमा पनि आफ्नो ईतिहास रच्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय