
वीरगंज , १९ बैशाख ।
स्थानीयतहको न्यायिक समितिकापदाधिकारी तथाकर्मचारीलाई न्याय सम्पादन सम्बन्धीपुनरताजगीतालिमकार्यक्रमको उदघाटन गर्दै मधेश प्रदेशका गृह , संचार तथाकानुनमन्त्री राजकुमार लेखीले स्थानीयतहआफै स्वायत सरकार रहेकाले विभिन्नकानुनहरु बनाउदै अगाडी बढ्न सुझावदिनुभयो । स्थानीयतहमाजुन सुकै समस्या , परिस्थितीआएमाकानुननिर्माण गर्दै सहजतरिकाले जनताको हितमाकामगर्नुपर्ने कुरामाजोड दिनुभयो ।
स्थानीय सरकार नागरीकको नजिकको सरकार रहेकाले स्थानीयतहलाई अधिकांशअधिकार दिएको बताउनुभयो । न्यायीक समितिले गर्ने कामकर्तव्य गर्न नसकेकोकारण न्यायीक समितीको साटो प्रहरीले गर्नुपर्ने मधेश प्रदेशका गृह , संचार तथाकानुनमन्त्री लेखीको भनाई थियो । त्यसैगरी राजनीतिदलकाप्रतिनिधीतथाजनप्रतिनिधीन्याय सम्पादनको नाममाबिचौलीयाभएर कामगर्दै आएको जनगुनासो बढेको समेत जानकारी दिनुभयो । साथै उनले मधेस प्रदेश भित्रकाविभिन्नजिल्लामाशिक्षाको अवस्थापनिदयनीय रहेकाले शिक्षा जस्तो महत्त्वपूर्ण विषय संगै प्रत्यक्ष सरोकार राख्ने विषयमाकामगर्न सुझावदिनुभयो ।
मधेस प्रदेश सरकारका गृह ,संचार तथाकानुनमन्त्रालयको आयोजनामापर्सा जिल्लाकास्थानीयतहको न्यायीक समितिकापदाधिकारी तथाकर्मचारीलाई न्याय सम्पादन सम्बन्धिपुनरताजगीगर्न दुई दिने तालिमको शुक्रबारसम्मचल्नेबारे मधेस प्रदेश सरकारका गृह ,संचार तथाकानुनमन्त्रालयकाउप सचिव गणेश नायकले जानकारी दिनुभयो । वीरगन्जको होटेल बृदाबनहोटेलमामन्त्रालयले पर्साका १४ वटा पालिकाको न्यायीक समितिका संयोजक , सदस्य र कर्मचारीलाई तालिमको आयोजना गरेको छ ।
देशमा संघियता लागु भएसँगै नेपालमा स्थानीयतह , प्रदेश तथा संघ गरीतिनतहको सरकार बनेको हो । संविधानको धारा २३२ मातीनतहका सरकारबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्घान्तमाआधारित हुनेछ भनिएको छ । तीनै तहहरू कसैको अधीनस्तनभई एकअर्काका परिपूरक भूमिकामा रहेकाबारे मधेस प्रदेश सरकारका गृह ,संचार तथाकानुनमन्त्रालयकाकानुनअधिकृत लक्ष्मण राईले जानकारी दिनसभयो । त्यसैगरी स्थानीय सरकार संचालन ऐन २०७४ ले न्यायिक समितिलाई १३ वटा देवानीप्रकृतिका र ११ वटा मेलमिलापका माध्यमबाट विवाद निरुपण गर्ने प्रष्ट अधिकार दिएको बारे समेत मधेस प्रदेश सरकारका गृह ,संचार तथाकानुनमन्त्रालयकाकानुनअधिकृत राईले स्मरण गराउनुभयो । स्थानीयतहमाउप–प्रमुखहरूको अध्यक्षतामातीन सदस्यीयन्यायिक समितिले हाल मेलमिलापका माध्यमबाट वा स्थानीयइजलास चलाएर विवाद निरुपण गरिरहेका छन् । यसबाट समाजमाअमनचैन र शान्तिकायमगर्न केहि हदसम्म मद्दत पुगेको बताउनुभयो ।
कार्यक्रममामधेस प्रदेश सरकारका गृह ,संचार तथाकानुनमन्त्री लेखीको अध्यक्षतामाचलिरहेको कार्यक्रमको संचालनमधेस प्रदेश सरकारका गृह ,संचार तथाकानुनमन्त्रालयकाकानुनअधिकृत राईले गर्नुभएको थियो । भने कार्यक्रमको बारे मधेस प्रदेश सरकारका गृह ,संचार तथाकानुनमन्त्रालयकाउप सचिवनायकले प्रकाशपार्नुभएको थियो । कार्यक्रममापर्सा जिल्लाकान्याधिशनन्दकिशोर प्रसादयादवले प्रस्तुतीदिनुभयो ।