
कपिलवस्तु २ जेष्ठ ।
गोरुसिङे पत्थरकोट सडक खण्ड अन्तर्गत मर्निङ वाक्मा निस्किएका दुई जनाको गाडीको ठक्करबाट कपिलवस्तुको बुद्दभुमी नगरपालिका १ बसन्तपुरमा मृत्यु भएको छ।
अर्घाखाँचीबाट बुटवलका लागि हिँडेको बीएडी ९५९९ नम्बरको गाडीले ठक्कर दिँदा स्थानीय ६५ वर्षीया शान्ता खत्री र तिलकुमारी रायमाझीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गोरुसिङेले जनाएको छ।
बिहान पौने ६ बजे सो दुर्घटना भएको हो। चालकसहित गाडी प्रहरी नियन्त्रणमा छ। चालक निदाउँदा र गाडी तीव्र गतिमा रहेकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।