बिरगंज १३ जेठ ।
पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ६ संठी निवासी २३ वर्षीय विशाल यादवले १३ वर्षीया एक विद्यालयमा अध्ययनरत किशोरीलाई झूठो प्रेमको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोपमा पर्सा प्रहरीले पक्राउ गरेको छ।
२०८२ जेठ ८ गते अन्दाजी १४:०० बजेको समयमा कक्षा ८ मा अध्ययनरत नाबालिकालाई विद्यालयबाट घर फर्किंदै गर्दा फकाईफुल्याई वीरगञ्ज महानगरपालिका वडा नं. १५ स्थित भिष्वामा रहेको आफ्नै कोठामा लगेर पटक–पटक करणी गरेको भन्ने आरोपमा पीडित पक्षबाट जाहेरी दरखास्त दर्ता गरिएको थियो।
जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले आरोपी यादवलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान पश्चात करणीसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे गम्भीर अनुसन्धान भइरहेको छ र कानूनी प्रक्रिया अनुसार आवश्यक कारवाही हुने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय