वीरगंज १४ जेठ ।
वीरगंज महानगरपालिका वडा नं. २७ स्थित उदयपुरघुर्मीमा निर्माणाधीन कालोपत्रे सडकको महानगर प्रमुख राजेशमान सिंहले निरीक्षण गर्नुभएको छ ।
हाल सो सडकमा कालोपत्रे प्रक्रिया अघि बढाउन अतिक्रमण हटाउने कार्य र सडकको बेस निर्माणको काम तीव्र गतिमा भइरहेको छ । निरीक्षणको क्रममा महानगर प्रमुख सिंहले निर्माण कार्यको गुणस्तरप्रति ध्यान दिनु पर्नेमा जोड दिनुभयो । साथै, समयमै कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । यस्तै वडा नं. २१ परवानीपुरमा निर्माणाधीन सडकको पनि महानगर प्रमुख सिंहले आजै निरीक्षण गर्नु भएको छ । वडा नं. २१ मुख्य सडकबाट पटेल नगरतर्फ जाने सडक निर्माणमा भएको अवरोध हटाएर अहिले निर्माणको काम धमाधम भइरहेको छ ।
यस्तै वडा नं. १४ स्थित सानो पिप्रा बौद्धिमाईमा सम्पन्न भएको कालो पत्रे सडकको पनि उहाँले निरीक्षण गर्नु भएको छ ।
सडक निरीक्षणको क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वडा नं. २७ का वडाध्यक्ष हृदयनारायण प्रसाद कुर्मी, स्थानीय वासिन्दा तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो । स्थानीय बासिन्दाहरूले सडक निर्माणले आवागमन सहज हुनुका साथै आर्थिक र सामाजिक विकासमा समेत टेवा पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।
वीरगंज महानगरपालिकाले विभिन्न वडाहरूमा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सडक, ढल र खानेपानी जस्ता परियोजनाहरूमा तीव्रता दिएको छ । महानगरको ग्रामिण क्षेत्रलाई बजारसँग जोड्न अहिले हरेक वडामा कालो पत्रे सडक निर्माणको काम तीव्र रुपमा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय