बारा, जेठ १८ – बारा जिल्लाको नौतन चोकबाट एकजना मानसिक रूपमा अस्वस्थ र बेवारिसे अवस्थामा भेटिएका अन्दाजी ४५ वर्षीय पुरुषको उद्धार गरिएको छ। ती व्यक्ति आफुलाई “ठाकुरजी” भनेर चिनाउने गरेका छन्।

मानवसेवा आश्रम वीरगञ्ज शाखाले आइतबार दिउँसो २:३० बजे उद्धार गरी ती व्यक्तिलाई मानवसेवा आश्रम वीरगञ्जमा लगिएको हो। आश्रममा लगिएपछि उहाँलाई नुहाइ–धुहाइ गरी सरसफाइ गरिएको छ र हाल उहाँको स्वास्थ्य अवस्था डा. भरत गोईको निगरानीमा राखेर औषधोपचार थालिएको छ।

उक्त उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, अभिभावक तथा सामाजिक अभियन्ता प्रकाश थारु, इलाका प्रहरी कार्यालय पर्सौनीका इन्सपेक्टर टुपेन्द्र श्रेष्ठ, नगर प्रहरीका समसुल मिया धोबी तथा स्थानीय समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो।

मानवता र सेवा भावको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै गरिएको यो उद्धार कार्यले समाजमा सकारात्मक सन्देश फैलाएको छ। मानवसेवा आश्रमले यस्ता असहाय र बेवारिसे व्यक्तिहरूको उद्धार गर्दै समाजमा पुनःस्थापनाको प्रयास गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय