पर्सा, भेडीयाही २१ जेठ — वीरगन्ज महानगरपालिका र भेडीयाहीस्थित नेशनल मेडिकल कलेजबीच स्थानीय बासिन्दालाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न ऐतिहासिक सम्झौता भएको छ। बुधबार सम्पन्न कार्यक्रममा महानगरका १३ वटै वडाका वडा अध्यक्षहरू र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार अब महानगरबासीले निम्न स्वास्थ्य सेवा सुविधामा विशेष छुट पाउनेछन्:
ओपिडी टिकटमा २५ प्रतिशत
जेनरल बेड चार्जमा १५ प्रतिशत
आइसियु, एनआइसियु, पीआइसियु बेड चार्जमा ५ प्रतिशत
लाप्रोस्कोपिक तथा इन्डोस्कोपिक शल्यक्रियामा ८ प्रतिशत
प्याथोलोजी परीक्षणमा १० प्रतिशत
एक्स-रे, भिडियो एक्स-रे, इसिजी, इन्डोस्कोपीमा ७ प्रतिशत
सिटी स्क्यान, एमआरआईमा ७ प्रतिशत
फार्मेसी ओपिडीमा १० प्रतिशत, आईपिडीमा १५ प्रतिशत छुट
छुट सुविधाको लागि सम्बन्धित वडा कार्यालयको लेटरप्याडमा सिफारिस अनिवार्य हुनेछ।
सम्झौताअनुसार नेशनल मेडिकल कलेजले हरेक तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम पनि प्रत्येक वडा क्षेत्रमा सञ्चालन गर्नेछ।
कार्यक्रममा नेशनल मेडिकल कलेजका निर्देशक डा. ईसरत जहान अन्सारीले “आजको दिन हामी सबैका लागि ऐतिहासिक हो,” भन्दै गाउँदेखि सहरसम्मका जनताले सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरिन्।
सम्झौता एक वर्षका लागि लागू हुनेछ भने आवश्यकताअनुसार दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने प्रबन्ध निर्देशक सहनवाज अन्सारीले जानकारी दिए।
सम्झौतामा वीरगन्ज महानगरपालिकाका अधिकांश वडा अध्यक्षहरूको सहभागिता थियो। उनीहरूले यस सम्झौताले विशेषगरी गरिब, असहाय र विपन्न वर्गका लागि ठूलो राहत दिने भन्दै “आजको दिनलाई ऐतिहासिक” भनेका थिए।
समारोहमा अस्पतालका मार्केटिङ तथा एडमिशन डाइरेक्टर आबिद हुसेन, एकाडेमिक डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, प्रधानाध्यापक डा. केएन सिंह तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय