पर्सा, वीरगञ्ज २६ जेठ — ट्राफिक सुरक्षा, वातावरण संरक्षण र सामुदायिक सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले परवानीपुर प्रहरी चौकीसँगै सडकको डिभाइडर क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सञ्चालित ट्राफिक सप्ताह २०८२ अन्तर्गत सोमबार (पाँचौं दिन) उक्त वृक्षारोपण कार्यक्रम गरिएको हो।
कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट, वरिष्ठ सई गुणनिधि खकुरेल, प्रहरी चौकी परवानीपुरका सई आदर्श खतिवडा, साथै समाजसेवी बिजय गुप्ता, हबिब मिया, ओमप्रकाश यादव, कृष्ण यादव, प्रकाश यादव, आनन्द यादव, राजमहमद मिया, संजय मण्डल, रवी राम लगायत स्थानिय बासिन्दा र प्रहरीको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमले सडक सौन्दर्य, हरियाली प्रवर्द्धन र वातावरणीय सन्तुलनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। सहभागीहरूले यस्ता गतिविधिहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय