पर्सा, जेठ २७ ।
जलजन्य विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा उद्धार कार्यलाई सशक्त बनाउने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समिति पर्साको आयोजनामा चार दिने ‘अभ्यास मनसुन–५’ कार्यक्रम सम्पन्न भएको छ।

२०८२ जेठ २४ गतेदेखि सुरु भई २७ गतेसम्म सञ्चालन भएको सो कार्यक्रम अन्तर्गत अन्तिम दिन वीरगंज महानगरपालिका वडा नं. १० स्थित घडिअर्वा पोखरीमा जल उद्धार अभ्यासको संयुक्त प्रदर्शनी गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल थिए। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस, स्काउट, लगायत विभिन्न सुरक्षा निकाय र सरोकारवाला संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो।

सुरक्षाकर्मीहरूले बाढी तथा डुबानजस्ता विपद्को समयमा प्रयोग गरिने विभिन्न उद्धार प्रविधि, सञ्जाल संयोजन, घाइतेको उद्दार, प्राथमिक उपचार, डुंगा प्रयोग र समन्वयात्मक क्रियाकलापहरूको प्रदर्शन गरेका थिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरू, संघसंस्था, सामाजिक अभियन्ता, सञ्चारकर्मी, विद्यालयका शिक्षक–विद्यार्थी, तथा सर्वसाधारण गरी करिब ६०० जनाको उल्लेखनीय उपस्थिति रहेको थियो।

विपद् जोखिम न्यूनिकरण र तयारीमा समुदायको सहभागिता र समन्वयलाई प्राथमिकतामा राख्दै गरिएको यो अभ्यासले आगामी वर्षात्‌मा उत्पन्न हुन सक्ने सम्भावित जोखिमको सामना गर्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय