पर्सा, वीरगञ्ज २९ जेठ — आगलागीबाट हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले पर्सा जिल्लामा विशेष अभ्यास कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा र मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म जनकपुर (हाल वीरगञ्ज) को संयुक्त आयोजनामा आयोजित सो कार्यक्रममा Fire Extinguisher प्रयोग विधिको Demonstration तथा संयुक्त अभ्यास गरिएको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट सी.प्र.अ.को कमाण्डमा ५५ जना, मधेश प्रदेश विपद् व्यवस्थापन गुल्मबाट जु.प्र.अ.को नेतृत्वमा २५ जना, तथा स्थानिय १५ जना नागरिकको समेत उल्लेखनीय सहभागिता रहेको थियो। कुल ९५ जना सहभागीहरूमार्फत विपद् प्रतिकार्य तयारी, आगलागी नियन्त्रण प्रविधि तथा सुरक्षा उपायहरू सम्बन्धी व्यावहारिक तालिम दिइएको थियो।
कार्यक्रमको उद्देश्य विपद्का घटनाप्रति समयमै प्रतिक्रिया, प्रभावकारी नियन्त्रण, जनचेतना अभिवृद्धि र समन्वयात्मक क्षमतामा वृद्धी गर्नु रहेको बताइएको छ। अभ्यासको क्रममा सहभागीहरूले प्रत्यक्ष रूपमा Fire Extinguisher को प्रयोग, आगलागी नियन्त्रणको सुरुवाती प्रक्रिया, र टोलीगत व्यवस्थापन रणनीतिबारे विस्तृत ज्ञान हासिल गरेका छन्।
यस किसिमका अभ्यासले स्थानीय तहदेखि सुरक्षा निकायसम्मको तयारी र समन्वयमा टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय