वीरगन्ज,३० जेठ । वीरगन्जमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा २ जनाकाे मृत्युु भएको छ।१ जना गम्भीर घाइते भएका छन्।
मृत्युु हुनेमा पर्साकाे छिपहरमाई गाँउपालिका-३ झलमहियाका २३ वर्षीय रामाकान्त यादव र त्यहिँ गाँउका २३ वर्षीय विजय यादव रहेका छन्।
वीरगन्ज महानगरपालिका वडा नम्बर २२ ड्राइपोर्ट सडकखण्ड स्थित सिताराम चाेकमा शुक्रबार बिहान ५ बजेतिर बिग्रीएर सडकमा राेकिराखेकाे भुस लाेड रहेकाे एच आर ५५ के ३९७१ नम्बरको ट्रकमा पछाडिबाट सिर्सियाबाट ड्राइपोर्टतर्फ जादै गरेको बा. प्रदेश ०३-००४ प ८६१२ नम्बरको मोटरसाइकल ठाेक्किएकाे थियाे।उक्त दुर्घटनामा मोटरसाइकलमा सवार ३ जना गम्भीर घाइते भएकाेमा नारायणी अस्पतालमा उपचारका क्रममा रामाकान्त र विजयकाे मृत्युु भएको प्रहरी नायब उपरीक्षक किशाेर लम्सालले जानकारी दिए।
गम्भीर घाइते २२ वर्षीय युवक विजयकुमार यादवकाे भने नारायणी अस्पतालमै उपचार जारी रहेकाे उनले बताए ।उनकाे टाउको र शरिरकाे विभिन्न भागमा गम्भीर चाेट लागेकाे उनले बताए ।
ट्रकका चालक ट्रक घटनास्थलमा छाडेर फरार भएको र उनकाे खाेजी भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए। साभार – मधेश खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय