बिरगंज ४ असार ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोक नजिकैको सडकखण्डमा लागु औषध अफिमजस्तो देखिने १ केजी पदार्थसहित चार जना पक्राउ परेका छन्।
मङलबार दिउँसो करिब १:३० बजेको समयमा वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले नियमित जाँचको क्रममा दुई वटा मोटरसाइकलमा सवार व्यक्तिहरूलाई शंका लागेपछि रोकी चेकजाँच गरेको थियो।
ना.४६ प २५४० र ना.४० प ६४६९ नम्बरका मोटरसाइकलमा सवार रहेका जिल्ला पर्सा, पटेर्वासुगौली गाउँपालिका वडा नं. ५ का ३५ वर्षीय रामेश्वर राउत र वडा नं. १ का ४० वर्षीय बिनोद गिरीले बोकेको प्लास्टिकको झोलाभित्र खरानी रङको टेपले बेरिएको अवस्थामा लुकाइ छिपाइ राखिएको लागु औषध अफिम जस्तो देखिने पदार्थ फेला परेको हो।
प्रहरीका अनुसार झोलाभित्र प्लास्टिक वाहेक करिब १ केजी तौल भएको सो पदार्थ फेला परेपछि उक्त मोटरसाइकलमा सवार र अन्य दुई जनालाई समेत नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका व्यक्तिहरूको विवरण यस प्रकार रहेको छ:
१) बिनोद गिरी, ४० वर्ष, वडा नं. १, पटेर्वासुगौली गा.पा., पर्सा
२) प्रदिप चौधरी, ३३ वर्ष, वडा नं. ५, पटेर्वासुगौली गा.पा., पर्सा
३) सुनिल कुमार श्रीवास्तव, २८ वर्ष, स्थायी ठेगाना खुलाइएको छैन
४) रामेश्वर राउत, ३४ वर्ष, स्थायी ठेगाना खुलाइएको छैन
उनीहरूलाई पक्राउ गरी लागु औषध सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। बरामद लागु औषध र दुवै मोटरसाइकल पनि प्रहरीको नियन्त्रणमा राखिएको छ।
यस घटनाले सीमावर्ती क्षेत्रमा लागु औषध कारोबार अझै सक्रिय रहेको सङ्केत गरेको छ, जसमा प्रहरीले निगरानी र कारबाहीलाई थप कडा बनाउँदै लगेको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय