पर्सा, असार १२ ।
लागू औषध दुर्व्यसनको रोकथाम तथा नियन्त्रणका लागि तीन महिने जनचेतनामूलक अभियान अन्तर्गत आज वीरगञ्जमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा गरिएको हो।
कार्यक्रममा सरकारी निकाय, सुरक्षा निकाय, विभिन्न विद्यालयका विद्यार्थी, सामाजिक अभियन्ता, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रभातफेरी वीरगञ्जको घण्टाघरबाट सुरु भई नगर परिक्रमा गर्दै पुनः प्रशासन कार्यालय परिसरमा समापन गरिएको थियो।
कार्यक्रमको उद्देश्य युवावर्गमा लागू औषधप्रति बढ्दो आकर्षण रोक्नु, समाजमा जागरण ल्याउनु तथा अभिभावक, शिक्षक र समुदायलाई सचेत बनाउनु रहेको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले लागू औषध दुर्व्यसन राष्ट्रको भविष्यका लागि गम्भीर खतरा भएको भन्दै सबै सरोकारवालाबीच सहकार्य र एकताका साथ अभियान अघि बढाउन आह्वान गरे।
कार्यक्रम अन्त्यमा लागू औषध विरोधी नारा सहित प्लेकार्ड प्रदर्शन गरिएको थियो।
यस अभियान अन्तर्गत आगामी दिनमा विद्यालय स्तरीय सचेतना कार्यक्रम, अभिभावक सम्वाद र सरोकारवालाबीच अन्तर्क्रिया समेत सञ्चालन गरिने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय