वीरगञ्ज १७ असार ।
पोषण पूरक औषधीहरूमा वास्तविक खुद्रा मूल्यभन्दा पाँच गुणा बढी दरमा मूल्य छापेर कालोबजारी गर्दै आएका एक व्यक्ति जिल्ला प्रहरी कार्यालय पर्साको टोलीद्वारा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति २०८२ साल असार १५ गते साँझ ४:४५ बजे वीरगञ्ज महानगरपालिका–२४ स्थित विश्वनाथ राउतको घरमा भारतबाट सस्तो मूल्यमा ल्याइएका खाद्य पूरक औषधीहरूमा मनोमानी मूल्य प्रिन्ट गरी बिक्री वितरण गरिरहेको सूचनाका आधारमा छापा मारेको थियो।
प्रहरी टोलीले घटनास्थलबाट वीरगञ्ज–२६ बसोबास गर्ने ४२ वर्षीय जितेन्द्र प्रसाद कुर्मीलाई नियन्त्रणमा लिई कालोबजारीसम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाएको छ।
<span;>बरामद वस्तुहरुः
प्रहरीले कारवाहीको क्रममा निम्न उल्लेखित पोषण पूरक औषधीहरूको ठूलो परिमाणमा स्टक बरामद गरेको छ:
ACON2K, CANWEL POWDER, ORTHOHEAL, NITVIT PLUS, SIMROSE, IMMATEKEAL SUPENSION, ACTIFERON, PREGAFOL, ARTHRAID, VITO-C, LIVUS, EVELTN, IMMUHEAL लगायतका औषधीहरू
MRP छाप्ने मेसिन १ थान
बिल, प्रज्ञापन, अर्डर बुक, कम्पनीका लेखासम्बन्धी कागजातहरू
NEPAL NEUTRACEUTICALS COMPANY PVT. LTD.SUBHAM MEDISUPPLIERS लेखिएको कागजात
प्रहरीका अनुसार, बरामद सम्पूर्ण औषधी तथा सामाग्रीको अनुमानित बजार मूल्य रु. २५ लाख रहेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी किशोर लम्सालका अनुसार, पक्राउ परेका व्यक्तिविरुद्ध आवश्यक कानूनी कारबाही अगाडि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय