वीरगञ्ज, असार १७ ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले स्रोत नखुलेको करिब २८ लाख २८ हजार रुपैयाँ बराबरको हुण्डी रकमसहित तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको छ । हुण्डी कारोबारसम्बन्धी गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई रकमसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) अनुसार “हुण्डी कारोबार गर्न नपाइने” कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको जनाएको छ ।
पक्राउ परेकाहरू र बरामद रकम यस्तो छः
🔹 अनिल कुमार बर्णवाल (२६ वर्ष)
ठेगाना: पकाहा मैनपुर गाउँपालिका–२, पर्सा
पक्राउ स्थान: वीरगञ्ज–१०, मकालु चोक
बरामद रकम: कालो झोलाभित्र लुकाइछिपाइ राखिएको
– रु. १,००० दरका नोट ३२८ थान
– रु. ५०० दरका नोट १,२१८ थान
– रु. १०० दरका नोट ३०० थान
जम्मा रकम: रु. ९,४७,०००
🔹 बिनित कुमार श्रीवास्तव (२३ वर्ष)
ठेगाना: वीरगञ्ज महानगरपालिका–३, आदर्शटोल
पक्राउ स्थान: लिंकरोडस्थित कृषि विकास बैंक अगाडि
बरामद रकम: कालो झोलाभित्र
– रु. १,००० दरका नोट ९७३ थान
– रु. ५०० दरका नोट १,२१६ थान
जम्मा रकम: रु. १५,८१,०००
🔹 दिपक कुमार सोनार (४४ वर्ष)
ठेगाना: परवानीपुर गाउँपालिका–४, बारा
पक्राउ स्थान: रजत जयन्ती चोक, वीरगञ्ज–१६
सवारी: ना.१६ प २३२८ नम्बरको सुपर स्प्लेन्टर मोटरसाइकल
बरामद रकम: लगाएको पाइन्टको खल्तीबाट
– रु. १,००० दरका नोट २०० थान
– रु. ५०० दरका नोट २०० थान
जम्मा रकम: रु. ३,००,०००
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी किशोर लम्सालका अनुसार पक्राउ परेकाहरूको विस्तृत अनुसन्धान भइरहेको छ । उनले हुण्डी कारोबारलाई गैरकानुनी भन्दै कडाइका साथ निगरानी र कारबाही जारी रहने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय