बिरगंज ३१ असार ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १७, अलौमा लामो समयदेखि विद्यमान रहेको खानेपानीको अभाव अन्त्य गर्ने दिशामा ऐतिहासिक कदम चालिएको छ। खानेपानी मन्त्री प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र वडा नम्बर १७ का वडा अध्यक्ष सन्जु छत्कुलीको विशेष पहल तथा समन्वयमा अहिले सम्म कुल ९ वटा डिप बोरिङ जडान गरिएका छन्।
मन्त्री यादवको तर्फबाट ३ वटा, मेयर सिंहको पहलमा ३ वटा तथा वडा अध्यक्ष छत्कुलीको वडा बजेटबाट थप ३ वटा डिप बोरिङ जडान गरिएकाले हालसम्म अलौ क्षेत्रमा करिब ९० प्रतिशत घरधुरीमा खानेपानीको पहुँच पुगेको वडा अध्यक्ष सन्जु छतकुलीले जनाए । यसबाट स्थानीय बासिन्दाहरुमा ठूलो राहत मिलेको छ।
वडा अध्यक्ष सन्जु छत्कुलीको सक्रियता र जनप्रतिबद्धता प्रशंसनीय रहेको भन्दै स्थानीय बासिन्दाहरुले खुसी व्यक्त गरेका छन्। खानेपानीको अभावका कारण समस्यामा परेका बासिन्दाका लागि यो योजना वरदान सावित भएको छ। अध्यक्ष छत्कुलीले गाउँको आवश्यकता बुझ्दै प्रत्येक टोलमा डिप बोरिङसहित पानीका धारा जडान गराउँदै खानेपानीको सुनिश्चितता गर्ने दिशामा उल्लेखनीय योगदान दिएका छन्।
स्थानीय विकास र जनजीविकामा प्रत्यक्ष असर पार्ने यस्ता योजनाहरुले जनप्रतिनिधिको सक्रिय भूमिका कस्तो हुनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय