
वीरगञ्ज, असोज १२ ।
शनिबार राति ९ बजे बहुवरी क्षेत्रबाट एक अन्दाजी ३० वर्षीया गर्भवती महिलालाई उद्धार गरी मानवसेवा आश्रम वीरगञ्ज शाखामा ल्याइएको छ । उद्धार कार्य वडा प्रहरी कार्यालयका प्र.स.नी भुलेन्द्र गिरी र आश्रमका अभिभावक तथा सामाजिक अभियन्ता प्रकाश थारुले गरेका हुन् ।
मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ताका अनुसार ती महिलाले आफ्नो नाम, थर र ठेगाना प्रष्ट बताउन नसकेकी हुन् । उद्धारपछि उहाँलाई नारायणी अस्पतालमा हेमा थापाको निगरानीमा स्वास्थ्य जाँच तथा गर्भवती अवस्थाको उपचार हुँदैछ भने मानसिक स्वास्थ्य उपचार डा. भरत गोइतको निगरानीमा गरिनेछ ।