वीरगञ्ज, असोज १४ ।
बहुवरीबाट उद्धार गरिएकी गर्भवती महिलाले नारायणी अस्पतालमा छोरीलाई जन्म दिएकी छिन् । मानवसेवा आश्रम वीरगञ्ज शाखाका संस्थापक अभियन्ता देवेश गुप्ताले जानकारी दिनुहुँदै मंगलबार बेलुकी ५:२३ बजे ती महिलाले स्वस्थ छोरीलाई जन्म दिएको बताउनुभयो ।

उक्त गर्भवतीलाई असोज ११ गते शनिबार राति ९ बजे वडा प्रहरी कार्यालयका प्र.स.नि. भुलेन्द्र गिरी र आश्रमका अभिभावक तथा सामाजिक अभियन्ता प्रकाश थारुले मानवसेवा आश्रम वीरगञ्ज शाखामा ल्याइदिनुभएको थियो । महिलाले आफ्नो नाम–थर खुलाउन नसक्ने अवस्था रहेको आश्रमले जनाएको छ ।

मंगलबार बेलुकी ४ बजे पेट दुखेपछि उनलाई नारायणी अस्पताल लगिएको थियो । सो अवसरमा आश्रमका अभियन्ता देवेश गुप्ता, अभिभावक प्रकाश थारु, सामाजिक अभियन्ता पिया सिंह, केन्द्रिय सदस्य विवेक महतो, स्वयंसेवक विकास माली, अंशु छेत्री, संगीता परियार, प्रहरी जवान नगेश्वर यादव, ओम कुमार झा, दिपेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो ।

सुन्दर समन्वयका लागि आदरणीय हेमा थापा सहित सम्पूर्ण अस्पताल परिवारलाई मानवसेवा आश्रमले आभार प्रकट गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय