वीरगंज, ११ जेठ । वीरगंज हेल्थकेयर हस्पिटलमा दुई हप्तादेखि मुटु सम्बन्धी विशेष यन्त्र क्याथलैबमार्फत नेपाल–भारतका बिरामीहरुले उपचार गराउँदै आएका छन् । आज अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै क्याथलैब मेसिनले एनजिओग्राफी, एनजिओप्लास्टी, कार्डिएक स्टेन्ट जडानको व्यवस्था समेत शुरू गरेको अस्पताल प्रबन्धक जयमोद ठाकुरले जनाएका छन् । एनजिओग्राफी रु ६ हजार र एनजिओप्लास्टी रु १ लाख सहुलियत दरमा साथै अति विपन्न गरिबहरुलाई स्थानीय निकायको सिफारिसमा अझै सक्दो सहुलियत दरमा उपचार सेवा शुरु गरिएको प्रबन्धक ठाकुरले बताए । सो मेसिनको मदतबाट हृदय रोग सम्बन्धी उपचार गर्नुको साथै मुटुभित्रको सेल सञ्चालन नभएमा ब्याट्री पर्मानेन्ट पेसमेकर राखी पुनः मुटुलाई परिचालन गर्न सकिने प्रबन्धक ठाकुरले बताए । सो मेसिनबाट नेपाल–भारतका बिरामीहरुले सहुलियत दरमा उपचार सेवा पाइरहेको प्रबन्धक ठाकुरले बताए । साथै मध्य तराईको पहिलो निजी स्तरको अस्पतालले यसरी पहिलोपटक वीरगंजमा मुटुरोगको क्याथलैबसहितको उपचार CCU, ICCU, ICU, मृगौला रोगको उपचार तथा डायलोसिस सेवा, चौबीसै घण्टा सर्जरी सेवा, नवजात शिशु उपचार तथा एनआइसियु सेवा, टाउकोमा चोटपटक लागी रगत जमेको अपरेशन चौबीसै घण्टा न्यूरो सर्जरी सेवा, हाडजोर्नी सम्बन्धी विशेषज्ञसहितको चौबीसै घण्टा उपचार सेवा, नाक, कान, घाँटी, सिटी स्क्यान, आधुनिक कम्प्युटराइज्ड एक्सरेद्वारा विगत सात वर्षदेखि यस मध्य तराईको जनतालाई सेवा दिइरहेकोमा थप नयाँ सेवाको रुपमा क्याथलैबबाट मुटुरोगको दुई हप्तादेखि उपचार भइरहेको प्रबन्धक ठाकुरले जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय