पर्सा, १५ चैत्र ।
पर्सा जिल्लाको पर्सागढी नगरपालिका–३, विरुवा टोलकी हरिकला देवी सहनीमाथि भएको अमानवीय हिंसात्मक घटनापछि पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ।
जिल्ला स्तरीय लैङ्गिक हिंसा सञ्जाल समिति कोषबाट पीडित हरिकला देवी सहनीका आमा–बुवालाई नगद रु. ५०,१०५ (पचास हजार एक सय पाँच रुपैयाँ) बराबरको चेक हस्तान्तरण गरिएको हो। उक्त चेक जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी उपरीक्षक सुदिप राज पाठक द्वारा पीडितका अभिभावकलाई प्रदान गरिएको जनाइएको छ।
प्राप्त विवरण अनुसार पर्सागढी नगरपालिका–३ का ३० वर्षीय विश्वनाथ सहनीले आफ्नी करिब २५ वर्षीया श्रीमती हरिकला देवी सहनीमाथि घरायसी विवादका कारण पूर्व योजना बनाई धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए। आक्रमणका क्रममा उनले श्रीमतीको बायाँ खुट्टा काटी गम्भीर घाइते बनाएका थिए र घटनास्थलमै छाडेर फरार भएका थिए।
पीडितको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको अवस्थालाई ध्यानमा राख्दै राहतस्वरूप उक्त रकम उपलब्ध गराइएको हो। साथै, घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरी स्रोतले जनाएको








