बिरगञ्ज ९ बैशाख ।
मङ्गलबार राति बिरगञ्जस्थित भिस्वा होटेलमा तेस्रो लिङ्गी समूहले उपद्रव मच्चाउँदा वैवाहिक समारोह नै भाडिने अवस्था सिर्जना भएको छ।
प्रतिमा चोकदेखि इनर्वा बाइपाससम्म अनैतिक गतिविधि गर्दै आएको भनिएको उक्त समूह सामान्य विवादलाई लिएर होटेलसम्म पुगेको थियो। राति करिब १ बजे उनीहरूले होटेलको मुख्य गेटमा तोडफोड गरी जबर्जस्ती प्रवेश गरेका थिए।
प्रत्यक्षदर्शीका अनुसार समूहले अशोभनीय प्रदर्शन गर्नुका साथै कार्यक्रममा सहभागी महिलाहरूको गरगहना लुट्ने मनसाय समेत देखिएको थियो। केही घण्टासम्म विवाहको माहोल तनावग्रस्त बनेको थियो।
घटनापछि जन्तीमा सहभागीहरूले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। सुरुवाती टोलीले स्थिति नियन्त्रण गर्न नसकेपछि थप प्रहरी बोलाइएको थियो। वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षकको नेतृत्वमा पुगेको टोलीले लाठीचार्ज गरी समूहलाई तितरबितर पारेको र केही व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनाका क्रममा केही व्यक्तिले प्रहरीमाथि हातपातसमेत गरेको बताइएको छ।
स्थानीयका अनुसार बिरगञ्जको बाइपास क्षेत्रमै यस्ता गतिविधि बढ्दै गएको र सर्वसाधारणलाई लुटपाट तथा कुटपिट गर्ने गुनासा बारम्बार उठ्दै आए पनि नियन्त्रण प्रभावकारी नभएको आरोप छ।
यदि यस्ता गतिविधिमा समयमै नियन्त्रण नगरिए भविष्यमा अझ ठूला घटना हुन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय