बिरगंज ७ असार ।
बिरगंज महानगरपालिका वार्ड नम्बर १६ नगवामा रहेको इलाका प्रहरी कार्यालयले विभिन्न तस्करीको माल समान पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । कार्यालय का इन्चार्ज प्रहरी नायब निरीक्षक प्रदिप चौधरिको नेतृत्वमा रहेको प्रहरी टोलिले नगवाको विभिन्न स्थान बाट तस्करीको मालसमान नियन्त्रणमा लिएको हो । सिमावती शहर भारत बिहार रक्सौलबाट बिरगंज भसार छ्ली अबैध रुपमा भित्रीयाएको लत्ताकपडा, पावडर दुध, मोटरपार्टस लगायत माल समान पक्राउ गरेको थियो । इलाका अन्तरगत शान्ती सु ब्यवस्था कायम गर्ने क्रममा अबैध रुपमा तस्करी गरि ल्याएको माल समान नियन्त्रणमा लिन सफल भएको चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक चौधरीले बताए । वडामा शान्ति सुरक्षा कायम गर्न प्रहरी २४ घण्टा निगरानी बढाएको छ । चोरी डकैती, अबैध मदिरा भट्टी सचालन विरुद्ध, मदिरा सेवन गरि हो हल्ला गरि समाजमा बिकृती फैलाउने विरुद्ध कडा कार्वाही गर्ने चेतावनी सहित विशेष अभियान नै चलाएको प्रहरी नायब निरीक्षक चौधरीले बताए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times