वीरगंज १९ साउन ।
वीरगंजको नारायणी उप—क्षेत्रिय अस्पतालमा चिकित्सकको लापरवाहीले एक दुई महिने गर्भवती महिलाको मृत्यु भएको छ । पेट दुखेर शुक्रबार बेलुका ७ बजे भर्ना भएकी बारा,परवानीपुर गाउपालिका वडा नम्बर ५ नौतन बहुअरीकी २४ वर्षीया रमिता देवीको शनिबार बिहान ६ बजे चिकित्सकले लगाएको गलत सुईका कारण मृत्यु भएको भन्दै परिवारजनले विरोध जनाउ“दै केही बेर अस्पताल परिसरमा प्रदर्शन गरेका थिए । दुई महिनको गर्भवती रमिता पेट दुख्दा अस्पताल भर्ना भएकी थिइन् । राति केही औषधि उपचारपछि उनको स्वास्थ्य सामान्य थियो । तर, बिहान ५ बजे फेरि पेट दुख्दा अस्पतालको ईमरजेन्सी वार्डमा खटिएका अहेवले गलत सुई लगाएपछि रमिताको मुखबाट र्रुयाल र फिज आएको थियो । त्यसपछि उनी अचेत बनेको पति सतेन्द्र गुप्ताले बताए ।
परिवारजनले रमिताको उपचारमा लापरबाही गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारवाहीको माग गरेका छन् । यस विषयमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा एनामुल हकसंग बुझ्दा सो समयमा ईमरजेन्सी वार्डमा डा.कृष्ण अधिकारी,अहेब सुरेश गुप्ता र जयराम महतो डियुटीमा रहेको र यस विषयमा बुझदैछु जवाफ दिनु भयो । यता मृत्कको परिवारजनको बिरोध पछि डा. सुरेन्द्र प्रसाद चौधरीको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ ।
सो छानविन समितिमा परवानिपुर गाउपालिकाका अध्यक्ष हरि नारायाण साह, डा.उदय नारायण सिंह, समाजसेवी निजामुद्धिन समानी, पिडित पक्षबाट दिपक साह कानु, मानव अधिकारकर्मी कृष्णा कुमार खनाल रहेका छन । पिडित पक्षले उपचारको क्रममा लापरवाही गर्ने डा. कृष्णा अधिकारी अहेव जयराम महतो र सुरेश गुप्तालाई कार्यवाहीको मागं गर्दै उचित क्षतिपुर्ती दिन समेत मागं गरेका छन ।