दिपक चौरसीया /वीरगन्ज २० फागुन
नेपाल चिकित्सक संघ पर्साले विभिन्न कार्यक्रम गरी चिकित्सक दिवस वीरगन्जमा पनि मनाएको छ । संघले सोमबार मानव सेवा आश्रम वीरगन्जमा विभिन्न सहयोग गरी चिकित्सक दिवस मनाएको छ ।
संघले मानव सेवा आश्रममा आश्रित आमा, बुवाहरुको लागि दैनिक उपभोग गर्ने वस्तु उपलब्ध गराएको छ । संघका जिल्ला अध्यक्ष डा. अरुण कुमार सिंहको नेतृत्वमा रहेको चिकित्सकको टोलीले दैनिक उपभोगमा प्रयोग हुने खाद्यान्न वस्तु देखि लिएर लत्ताकपडा, तथा प्राथमिक उपचारमा लाग्ने आवश्यक औषधी सम्म उपलब्ध गराएको हो ।
त्यसैगरी संघले नारायणी उपक्षेत्रिय अस्पताल स्थित रहेको आफनो भवनमा एक कार्यक्रमको आयोजना गरी चिकित्सक संघका पूर्व अध्यक्ष तथा वरिष्ठ चिकित्सक गरी ३१ जनालाई सम्मान गरेको छ ।
संघका अध्यक्ष डा. अरुण कुमार सिंहले संघका पूर्व अध्यक्षहरु क्रमश, डा. शम्भु लाखे, डा. रामअवतार खेतान, डा. जैनुदिन अंसारी, डा. काशिकान्त झा, डा. जगदिश अग्रवाल, डा. अशोक साह, डा. आरपि सिंह.डा. श्यामसुन्दर दास, डा सुमन प्रसाद लगायतलाई सम्मान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय