बीरगंज ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य एवंम पुर्व मन्त्री अजय कुमार चौरसियाले पर्साको बहुदरामाई नगरपालिकामा सडक र नालाको शिलान्यास गर्नु भएको छ । पर्सा जिल्लाको बहुदरामाई नगरपालिका वडा नम्बर ३ नगरदाहा टोलमा रहेको सडक तथा नालाको नेता चौरसियाले आज एक समारोह बिच शिलान्यास गर्नु भएको हो । बहुदरामाई नगरपालिका ३ स्थित नगरदाहामा रहेको राम जानकी मन्दिरको अगाडीको बाटो देखी डकैला बहुअरी सम्म ३ करोड ५० लाख रुपैयाको लागतमा करिव २ किलोमिटर बाटो निर्माण हुन लागेको कालोपत्रे सडक तथा नालाको शिलान्यास केन्द्रिय सदस्य एवंम पुर्व मन्त्री चौरसियाल गर्नुभएको थियो । शिलान्यास कार्यक्रमका प्रमुख अथिती समेत रहनु भएका चौरसियाले कालोपत्रे बाटो तथा नालाको शिलान्यास कार्यक्रममा बोल्दै बीरगंज देखी थरुहटलाई सम्म जोडने सडक भएकोले चाडै भन्दा चाडै गुणस्तरिय रुपमा काम सम्पन्न हुने बिश्वास आफुलाई लागेको बताउनुभयो । उहाले उक्त निमार्ण हुन लागेको सडकको कालेपत्रे र नालाको बेला बेलामा के कस्तो काम भै रहेको छ त्यस्को अनुगमन गर्न नगरपालिकाका कर्मचारी एवंम स्थानियवासीहरुलाई आग्रह समेत गर्नुभयो । बहुदरामाई नगरपालिकाको नगरदाहा देखी डकैला बहुअरी सम्म निर्माण हुन लागेको कालोपत्रेले यस गाउ आसपासका जनताको मात्र नभएर पर्सा जिल्लाबासीका जनताहरुले अव राहत महसुस गर्ने चौरसियाले बताउनुभयो । सडकमा कालोपत्र र नाला निर्माणको कुल लागत ३ करोड ५० लाख रुपैयामा निर्माण हुन लागेको छ भने सो निर्माण कार्यको ठेक्का अंकित कन्ट्रक्सनले लिएको मेयर नितेन्द्र साहले जानकारी दिएकाछन । सो निर्माण कार्यको जिम्मेवारी लिएका अंकित कन्ट्रक्सनका संचालक शुरेस पटेलले आफुले पाएको समय सिमा भित्र गुणस्तरिय काम गरी पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । सो शिलान्यास कार्यक्रममा नेपाली काग्रेसका युवा नेता रामरुप कुर्मी, नेपाली काग्रेस पर्सा क्षेत्र नम्बर २ का क्षेत्रिय सभापती गम्भिरा साह, वडा अध्यक्ष जितेन्द्र पटेल लगायत स्थानियवासीहरुको ठूलो संख्यामा उपस्थिती रहेको थियो भने उक्त कार्यक्रम बहुदरामाई नगरपालिकाका मेयर नितेन्द्र साहको सापतित्वमा सम्पन्न भएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times