राम कुशवाहा
वीरगंज ३१ असार ।
वीरगंज महानगरपालिका वडा नं १२ लाई आज एक कार्यक्रमका बिच पुर्ण खोप वडा घोषणा गरिएको छ । यस वडामा १४१२ घरधुरीमा रहेका दुईवर्ष मुनीका १३६ वटा बालबालिकाहरुलाई स्वास्थ्य केन्द्र मुर्लीका महिला स्वयमसेविकाहरुले घर—घरमै पुगी पुर्ण खोप लगाईसकेपछि आज यस वडालाई पुर्ण खोप वडा घोषणा गरिएको हो । ‘स्थानिय स्वामित्व र सहभागिता’ पुर्ण खोप सुनिश्चित्ता हाम्रो प्रतिवद्धताको’ नारा साथ वीरगंज महानगरपालिका वडा नं १२ मा रहेको श्री हरिहरनाथ मन्दिर परिसरमा एक कार्यक्रमगरी वडालाई पुर्ण खोप वडा घोषणा गरिएको हो ।

वडा नं १२ मा रहेको नगर स्वास्थ्य केन्द्र मुर्लीले आयोजना गरेको पुर्ण खोप वडा घोषणा समारोह कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाकी उप—मेयर शान्ती कार्कीले खोपको बारेमा विषेशगरी महिलाहरुले बुझनु पर्ने आवश्यक्ता रहेको बताउनु भयो । जन्म देखी दुई वर्ष सम्मका बालबालिकाहरुले पुर्ण खोप पाएनन भने विभिन्न किसिमको रोग लाग्ने भएको हुदा सब भन्दा पिडित आमा नै हुने गरेकोले महिलाहरुले यस तर्फ चनाखो हुन जरुरी रहेको बताउनु भयो । वडा अध्यक्ष राम दरश कुशवाहाको सभापत्तिवमा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख अरुण कुमार महतो, जिल्ला जनस्वास्थ्य पर्साका प्रमुख राज किशोर पण्डित, उमेश बस्नेत, वडा नं १२ का नपस रमेश साह कानु, सुराती देवी, निलम कुशवाहा, नेपाली कांग्रेसका नेता मुखी महतो, लालचन महतो, हरिहर नाथ मन्दिरका उपाध्यक्ष किशोरी साह कानु, सत्यनाराण महतो लगायत स्थानिय भद्र भलादमीहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको सहजिकरण घनश्याम बाबु गुप्ताले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय